काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले माघ २१ देखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारमा रहेकाले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन हुने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।
चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ ।
प्रतिक्रिया