Logo

अर्थ

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौता



काठमाडाैं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड पाल्पाबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओपिडी. टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत आईसीयु, शल्यक्रिया तथा एक्स–रे/युएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार  १ : ४५ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।