काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४ को विन्दुमा कायम भएको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ८५ करोड माथिको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ३० करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर कम्पनी र मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया