Logo

प्रमुख समाचार

केपी ओलीको सरकार भ्रष्टहरुको सरकार हो, यो सरकार असंवैधानिक छ : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नै अवैध भएकोले सरकार नटिक्ने दाबी गरेका छन् ।

उनले अब माओवादीले कांग्रेस र एमालेजस्ता भ्रष्टाचारीहरुसँग समिकरण नगर्ने टिप्पणी गरे । आज (बिहीबार) बाँकेको खजुरा गाउँपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले २० महिना सरकारको नेतृत्व गर्दा मुलुकमा सुशासनको युग सुरु भएको स्मरण गराए । अब माओवादीलाई ०६४ कै अवस्थामा पुर्याए देशमा भ्रष्टाचारीहरुको जरोकिलो उखेल्ने उद्घोष गरे ।

उनले भने,‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नुछ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन ।’

प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार  ७ : ०० बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।