Logo

अर्थ

तोलामा १ हजार बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज नेपाली बजारमा सुनकाे मूल्य १ हजार बढेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार ११:०७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।