Logo

प्रमुख समाचार

दिनेश त्रिपाठीविरूद्ध काठमाडौं अदालतमा अवहेलनाको निवेदन



काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध काठमाडौं जिल्ला अदालतमा अवहेलनाको निवेदन परेको छ ।

उदयपुर घर भई काठमाडौं बस्ने दिलकुमार राईले उनीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गराएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त निवेदन अनुसार मुद्दा दर्ता हुने/नहुने टुंगो लगाउन आइतबार पेशी तोकिएको छ ।

त्रिपाठीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको विषयमा प्रश्न उठाउँदै अन्तर्वार्ता दिएको जिकिर राईले निवेदनमा गरेका छन् । उनले न्यायाधीशको कार्यक्षमतामाथि प्रश्न उठाएको निवेदनमा उल्लेख छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारी ठगी प्रकरणमा जाहेरवाला पक्षको तर्फबाट बहस गर्दै आएका छन् ।

प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार  १० : २४ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।