Logo

अर्थ

आईसीएफसी ऋणपत्रमा लगानी आवेदन आजदेखि बन्द हुने



काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि आईसीएफसी फाइनान्सको ऋणपत्रमा आजदेखि आवेदन बन्द हुने भएको छ । आज आइतबार बैंकिङ समयपश्चात आवेदन लिने कार्य बन्द हुने बिक्री प्रबन्धक कुमारी क्यापिटलले एक विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीले कुल १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेकोमा शनिबार साँझसम्म ६ लाख ४७ हजार बढी कित्ताका लागि आवेदन परेको छ ।

हाल बैंकहरुले मुद्दती निक्षेपमा ६ प्रतिशत हाराहारीमा ब्याज दिइरहेका बेला ९ प्रतिशत ब्याज पाइने ऋणपत्र लगानीकर्ताका लागि आकर्षित देखिएको छ । ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ हुन्छ । न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिन्छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १०:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।