Logo

अर्थ

१० अंकले घट्याे सेयर बजार, ९ अर्ब १२ करोडकाे काराेबार



काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा झरेको छ ।

आज बजारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ वटाको घटेको छ । आज ६ कम्पनीको स्थिर रहेको छ ।

बजारमा आज ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ ।

आज ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको मूल्यमा १० प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंक र आरम्भ चौतारी लघुवित्तको मूल्यमा १० प्रतिशतको हाराहारीको वृद्धिका साथ सकारात्मक सर्किट लागेको हो ।

आज ५ वटा स्टकमा नकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), एनआईसी एसिया बैंकको डिबेन्चर, दोल्ती पावर र जानकी फाइनान्सको मूल्यमा १० प्रतिशत तथा धौलागिरी लघुवित्तको मूल्यमा १० प्रतिशतको हाराहारीको गिरावटका साथ नकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १५:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।