काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा एक अर्ब रुपैयाँभन्दा बढीको निक्षेप हिनामिना भएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकका व्यवस्थापनका बारेमा गम्भीर छानबिन गर्नको लागि जाहेरी दिएपछि सीआईबीले अनुसन्धान प्रक्रिया शुरु गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीकाअनुसार अनुसन्धानका क्रममा बैंकका अध्यक्ष राजेन्द्रवीर राय र प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहलाई केन्द्रमा राखेर छानबिन गर्ने भएको छ । राष्ट्र बैंकको तयार पारेको रिपोर्टले कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेप हिनामिना भएको खुलासा गरेको हो ।
गत पुस १० गते नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै त्यसको व्यवस्थापनको जिम्मा लिएको थियो । यसपछि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय एक व्यवस्थापन समूहलाई खटाइएको छ ।




















प्रतिक्रिया