काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (माघ १४ गते) २९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएकाे छ । यसमा २४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण हुनेछ भने ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरिनेछ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार नयाँ ट्रेजरी बिल ३६४ दिनको अवधिका लागि जारी हुनेछ । यो २०८२ माघ १३ गते परिपक्व हुनेछ ।
यस्तै, २८ दिन अवधिका ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गरिनेछ । जुन २०८१ फागुन १३ गते परिपक्व हुनेछ। साथै, ९१ दिन, १८२ दिन, र ३६४ दिन अवधिका अन्य ट्रेजरी बिल पनि नवीकरण गरिनेछ ।
बोलकबोल आज विहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ । बोलकबोलमा सबै बैंक, वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण नागरिक पनि सहभागी हुन सक्नेछन् । सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ ।
ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि बैंकहरुबीच प्रतिस्पर्धा बढेको देखिन्छ । यसले बैंकहरुलाई सरकारी ऋणपत्रमा लगानी गर्न प्रेरित गरेको छ। जसले गर्दा अल्पकालीन ब्याजदरहरू घट्दै गएका छन्।




















प्रतिक्रिया