Logo

अर्थ

ग्लोबल आइएमई लघुवित्तको नाफा ११ करोड ८३ लाख



काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई लघुवित्तको खुद नाफा उल्लेख्य रूपमा बढेको देखिएको छ ।

लघुवित्तले समीक्षा अवधिमा ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा यो १४७.४२ प्रतिशतले बढी हो । गत आवमा लघुवित्तले ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तले ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  त्यसैगरी सञ्चालन नाफा पनि १४७.३३ प्रतिशतले बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३८.२४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २००.३८ रुपैयाँ छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ११:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।