काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्फिनिटी लघुवित्तले ९ करोड ४६ लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ४९ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने १८.४४ प्रतिशतले बढेर १२ करोड ९० लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानीमा वृद्धि भएपनि इम्पेयरमेन्ट चार्ज बढ्दा यसको खुद नाफा प्रभावित भएको हो । गत वर्ष ७१ लाख ५७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १२ करोड १ लाख ३० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ९ करोड ४६ लाख २२ हजार रुपैयाँ ऋणात्मक छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०२ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ६१ पैसा छ ।




















प्रतिक्रिया