Logo

अर्थ

एकैदिन २३ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । आजका लागि मूल्य प्रतितोला १९१५ रुपैयाँ तोकेको महासंघले जनाएकाे छ । अघिल्लो दिन १८८५ रुपैयाँ थियो ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार ११:०४   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।