काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक लम्बिएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अर्को बैठक २४ गते बिहान बस्नेछ ।
उनका अनुसार सांसदहरुले बोल्ने क्रम सकिए पनि मन्त्री, पार्टीका पदाधिकारीले बोल्ने क्रम बाँकी छ ।
यस्तै ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल हल गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेको र उनले संसदीय मामिला मन्त्रालयको सचिवलाई बोलाएर तत्काल वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको जानकारी दिए ।




















प्रतिक्रिया