Logo

प्रमुख समाचार

गृहमा रिजाल र तिवारीको सेटिङ



काठमाडौं । नेपाल सरकारका गृहमन्त्री हुन् रमेश लेखक । उनलाई नेपाली कांग्रेसले गृह मन्त्रालयको जिम्मा दिएको छ ।

सरल स्वभाव, इमान्दार छवीका लेखक प्रहरी प्रशासनमा राम्रो गर्न खोज्दा खोज्दै विवादमा आएका हुन् ।

उनले जिम्मेवारी लिएका सचिवालयका कर्मचारीहरु, निजी सचिवालयका हर्ताकर्ता कर्मचारीसँगै अन्य कर्मचारीको मिलेमतोमा गृहमन्त्री लेखक विवादित देखिएका हुन् ।

त्यसाे त इमान्दार उपसचिवका रुपमा चिनिएका धर्मराज जोशीलाई गृहबाट लखेटिएको छ ।

उनी शुरुमा गृहमन्त्री रमेश लेखेको सचिवालयमा थिए, त्यहाँबाट अध्यागमन खटाइयो । उनी सहसचिव बन्ने लाइनमा छन् ।

त्यहाँबाट सरुवा भएको महिनौं बित्दा पनि उनको नाम गृहकै वेवसाइडमा देखिन्छ तर उनै जोशीलाई लखेटेर मन्त्रीको सचिवालयमा भित्रिएका बद्री तिवारीको हालीमुहालीका कारण अहिले गृह प्रशासन बदनाम हुन पुगेको छ ।

मन्त्री रमेश लेखक छन्, अनि सचिव गोकर्णमणि दुवाडी, जसरी हिजो दुवाडी भूमि व्यवस्थामा हुँदा उनका भाञ्जाका उठन्ती पुठन्तीका कारण बदनाम थियो आज उस्तै हालत छ गृह प्रशासनको ।

गृहका कर्मचारीदेखि प्रहरीसम्मको सरुवामा उनै बद्री हावी हुँदा अहिले गृह प्रशासन बदनाम हुन पुगेको छ । अहिले मन्त्रीको सचिवालयमा भित्रिएका तिवारी यस अघि दिल्ली दुतावासमा थिए ।

डिभिजन सहकारी कार्यालय ललितपुरमा केही समय बसेका उनी अघिल्लो पटक रमेश लेखक मन्त्री हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन । शेरबहादुर प्रम हुँदा उनकै सचिवालयमा बसेका कर्मचारी हुन ।

अहिले गृह प्रशासनमा पर्वतेहरु हाबी छन् । मन्त्रीको निजी सचिव तिवारी, कर्मचारी प्रशासनका हाकिम छवि रिजालदेखि ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएका रमेश ढकाल समेत छन्  ।

गृहमन्त्री रमेश लेखकले ४ कार्तिक मा उनलाई सचिवालयमा भित्राएका हुन । तिवारीले गृह मातहतका विभिन्न जिल्लाका सरुवामा प्रिपेड घुस लिने गरेको स्रोतको भनाई छ ।

उसो त यसअघि रमेश लेखक २०६४ सालमा श्रम राज्यमन्त्री हुदा तिवारी विभिन्न च्यानलको प्रयोग गरेर उनै लेखकको सचिवमा छिरेका थिए ।

त्यतिबेला पनि तिवारीले म्यानपावर ब्यावशायीहरुसँग पैसा उठाउने गरेको अरोप लागेको थियो ।

आर्थिक उठौतीमा सम्वन्ध भएका कारण लेखकले आफु गृहमन्त्री हुदा फेरि तिवारीलाई राख्नुको पछाडि उठन्ती पुठन्तीमा सजिलो होस भनेर राखेको बुझ्न कठिन छैन ।

देउवा प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर आतंक मच्चाए पछि त्यहँबाट हटाएर नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्सुलरको खटाइएको उनलाई गृहमा भित्र्याउनुको पछाडि दालमा केही न केही कालो छ भन्दैछन्, गृहकै कर्मचारीहरु ।

टिआइएमा मात्र दरबन्दीभन्दा ४० जना बढी अधिकृतहरु खटाएर उनीहरुसँग बानेश्वरको विभिन्न होटलमा बोलाएर रकमको डिल गरेको आरोप छ ।

पछिल्लो समय नेपाल प्रहरीमा ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस हुँदा समेत रिजाल हावी भएको प्रहरी स्रोत दावी गर्दछ ।

२०७२ सालमा डिएसपीमा बढुवा भएका ७ जनालाई छुटाएर २०७४ मा डिएसपी भएका १० जनालाई बढुवा गरिएको थियो । यसले गर्दा संगठनमा ठुलो असन्तुष्टि पैदा भएको छ ।

यसअघि पनि ३९ नम्बर र ३४ नम्बरलाई अगाडि ल्याउन अगाडि भएकालाई बढुवामा छुटाइएपछि प्रहरी संगठनमा असन्तुष्टि बढ्न पुगेको थियो ।

यसले गर्दा संगठनमा मनोबल खस्केको र विवादितहरूले मात्रै अवसर पाएको भन्दै असन्तुष्टि अधिकृतहरुले पोख्न थालेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार ०७:००   :  बजे

249
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।