Logo

अर्थ

आज पनि सुनको मूल्य स्थिर, चाँदी घट्यो



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यस दिन चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य निरन्तर दुई दिन स्थिर भएको हो । गत शुक्रबार कायम मूल्यलाई नै आधार मानेर आजको बजारमा पनि सुनको खरिदबिक्री हुने भएको हो।

यस दिन चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । सोमबार चाँदी प्रतीतोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ । आईबारको बजारमा एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार ११:५६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।