Logo

अर्थ

प्रभु बैंकको ३१ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३१ लाख ९१ हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा २३ लाख ७४ हजार १०९ कित्ता संस्थापक सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (माघ २३ गते) बाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

यस्तै, बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख १६ हजार ९९९ कित्ता संस्थापक सेयर पनि बिक्रीमा ल्याएको छ । यसमा भने बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (माघ २३ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ । बैंकले सेयरको भाउ भने तोकेको छैन ।

प्रकाशित मिति : माघ २३, २०८१ बुधबार  २ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।