काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गम्भीर अपराधमा मुछिएको भन्दै छानविन गर्न नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि बैंकका उच्च पदस्थ कर्मचारीमाथि नै यतिबेला छानविन सुरु भएको छ। एक सेवा ग्राही सेवा लिन जाँदा कमिसन मागेपछि बैंकविरुद्द नियामक निकाय राष्ट्र बैंकमा उजुरी परेको थियो।
राष्ट्रिय वाणिज्य बैंकलाई प्रतिवेदन उपलब्ध गराउने सम्बन्धमा राष्ट्र बैंकका उप निर्देशक राजन पाण्डेयले काटेको पत्रमा भनिएको छ,- यस बैंकमा तँहा बैंकका संचालक समितिका अध्यक्ष दिलिप ढुंगाना र प्रमुख कार्यकारी अध्यक्ष देवेन्द्र रमण खनालले कर्जा प्रवाह गर्दा कमिशन लिने गरेको, विज्ञापनका नाममा नातेदार र पार्टीका कार्यकर्तालाई करोडौं रुपैया वितरण गरेको, भ्यालुएटरवाट समेत कमिसन खाने गरेको, लिलामी प्रकृया पारदर्शी नबनाई कम बिड रकममै आफ्ना आफन्तका नाममा पार्ने गरेको लगायतका गैर कानुनी कार्य गरेकाले छानबिन गरी कारवाही गर्नुहुन भन्ने व्यहोराको उजुरी परेकाले सो सम्बन्धमा यसै साथ संलग्न गरिएको उजुरीवाट व्यहोरा अवगत गरी के कसो भएको हो? तहाँ, बैंककै आन्तरीक लेखापरिक्षण विभागवाट छानविन गराई राय सहितको प्रतिवेदत पन्ध (१५) कार्यदिन भित्र यस विभागमा आईपुग्ने गरी उपलब्ध गराउनु हुन निर्देशानुसार अनुरोध छ।’
तर, बैंककै आन्तरीक लेखापरिक्षण विभागले बनाएको प्रतिवेदन निष्पक्ष र पारदर्शी हुनेमा विश्वस्त हुने सकिने अवस्था छैन। त्यसमा पनि जसका विरुद्दमा उजुरी परेको हो उसैलाई पत्र पठाएको राष्ट्र बैंकको कार्यसम्पादनमाथि समेत प्रश्न उठिरहेको छ । राष्ट्र बैंकले पठाएको पत्रमा जसमाथि अनुसन्धान हुनुपर्ने हो उसैलाई पत्र पठाएको छ । तर, राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका प्रभुख भने आँफुले पत्र संचालक समितिलाई पठाएर छानविन गर्न निर्देशन दिएको दावी गरिरहेका छन्।
बैंक भित्र कमिसनको चलखेल छ भन्ने बिषयलाई बैंकका संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) विभागका प्रमुख आनन्द सुवेदीले थप पुष्टि गरेका छन्। बैंकका एक सेवाग्राहले संस्थागत सामाजिक उत्तरदायित्वमा बैंकको कति रकम खर्च भएको छ जानकारी दिन लिखित सूचना माग गरेका थिए । तर अध्ययन प्रयोजनार्थ मागिएको सूचना दिनअस्विकार गरेका सुवेदीले धम्कीपूर्ण भाषा प्रयोग गर्दै भनेका छन्,- ‘बैंकबाट कार्यक्रम गर्न पैसा लैजाने अनि विभागले सीएसआरको पैसा कहाँ- कहाँ खर्च गरिस्, सूचना दे भन्न मिल्छ ? अब सूचना माग्न बैंक छिर्यो भने खुट्टा भाँचिदिन्छु, बैंक छिर्नै दिन्न ।
यहि बुधवार बैंक पुगेका एक सेवाग्राहीमाथि आक्रोषित हुँदै सुवेदीले यस्तो आपत्तिजनक अभिव्यक्ति दिएका थिए।
यस बिषयले नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकभित्र तल्लो तहदेखि उपल्लो तहसम्मक कर्मचारीमाथि गम्भीर प्रश्न खडा भएको छ। जसका कारण उनीहरुको सम्पति छानविन गरी कारबाही गर्नुपर्ने माग चौतर्फी रुपमा उठिरहेको छ । यस बिषयमा हामीले बुझ्न आनन्द सुवेदीलाई सम्पर्क गरेका छौँ । तर उनले जवाफ दिन चाहेनन् ।
उक्त घटनाका बिषयमा सिईओ देवेन्द्र रमण खनाललाई जानकारी गराउन पुगेका थिए। तर सिईओ बैंकका मार्केटिङ विभागका कर्मचारीलाई सेवाग्राहीले कुटेको गुनासो लिएर आएका सिरिएस बैठकमा भएकाले पछि कुरा गर्नु भनेपछि फर्किएका थिए । बिज्ञापनका नाममा आफ्ना आफन्तलाई मनपरी पैसा बाँडेर करोडौं खर्च गरेको देखाएको बैंकले विभिन्न संचार माध्यमको गत बर्षदेखि बिज्ञापन प्रसारण गरेको भुक्तानी समेत दिएको छैन । यस विषयले पनि बैंकको कार्यसम्पादमाथि प्रश्न गर्दै बैंकमा सेवाग्राहीको लाईन लाग्ने गरेको छ।
प्रतिक्रिया