Logo

प्रमुख समाचार

उपेन्द्रले मधेशको मुख्यमन्त्री र केन्द्रमा शिक्षा मन्त्रालय पाउने निश्चित



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश र केन्द्र सरकारमा पार्टीको सत्तारोहण सुनिश्चित् गरेका छन् ।

सरकारले ल्याएका अध्यादेश पारित गर्न राष्ट्रियसभामा निर्णायक भूमिकामा भएपछि जसपा, नेपालको सत्तारोहणको बाटो खुलेको हो ।

सरकारले अध्यादेश यही माघ २४ गते नै पारित गर्नेगरि कार्यसूचिमा राखेको थियो । तर, यादवले निर्णय दिन विलम्ब गर्दा सरकार एकाएक अध्यादेश पारित गर्ने प्रक्रियाबाट ब्याक भएको हो । आजको बैठकमा पनि अध्यादेश पारित गर्ने कार्यसूचि राखिएको थिएन ।

यादव यतिवेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लगातार सम्वादमा छन् ।

यादवलाई नै अहिलेको सरकारमा सामेल हुन बालुवाटारको प्रस्ताव छ । देउवाले समेत यादवलाई राम्रो मन्त्रालयको नेतृत्व लिएर आँफै सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

यादवले सुरुमा मधेश प्रदेशको नेतृत्वमा दाबी गरेका थिए । जसपा देउवा सकारात्मक भएपनि प्रधानमन्त्री ओली ढिलोगरि नेतृत्व जसपा नेपाललाई दिन राजी भएका हुन् । यादवले मधेशको मुख्यमन्त्री सुनिश्चित् गरेपछि केन्द्र सरकारमा मालदार मन्त्रालय मागेको पनि चर्चा छ । आज रातिसम्म मन्त्रालय कुन दिने भन्नेबारे यकिन हुने बताईएको छ ।

तर, बालुवाटारनिकट उच्च स्रोतकाअनुसार यादवलाई शिक्षा मन्त्रालय दिईनेगरि समझदारी हुँदैछ ।

यादवको सचिवालयले भने अध्यादेशलाई बार्गेनिङको अस्त्र बनाएको भनेर अध्यक्ष यादवमाथि लगाईएको आरोपमा कुनै सत्यता नभएको दाबी गरेको छ । सचिवालयले अध्यादेशबार अब बस्ने संसदीय दलको बैठकमा पक्ष वा विपक्ष कता मत हाल्ने भन्ने कुरा निक्र्यौल हुने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार  ५ : २५ बजे

1.644k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।