Logo

प्रमुख समाचार

प्रचण्डले सार्वजनिक मञ्चमा कसलाई भने कुजात ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा कुजात भन्ने शब्द प्रयोग गरेकोमा सांसद ईश्वरबहादुर रिजालले आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा शून्य समयमा बोल्दै एमाले सांसद रिजालले कुजात भनेर के भन्न खोजेको र संविधानमा कहाँ छ भनी सभामुखमार्फत प्रश्न गरेका छन् ।

सांसद रिजालले भने, ‘झण्डै अढाइ महिनाअघि पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चमा कुजातहरूको संगतले हामी पनि बिग्रियौं भनेर बोल्नुभयो ।

मैले वृहत नेपाली शब्दकोश पल्टाउँदा कुजात भन्नाले तल्लो जात र अछुत भन्ने रहेछ । संविधानमा हेर्दा कुनै पनि अनुसूचीमा कुजात भन्ने समेटिएको छै न ।

म सभामुखलाई रुलिङका लागि आग्रह गर्छु,विपक्षी दलको नेताले यसबारेमा प्रष्ट पार्नुहोस्, नत्र भ्रम हुने भयो ।’ सांसद रिजाल दलित समुदायका अगुवासमेत हुन् ।

प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार  ६ : १३ बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।