Logo

अर्थ

उत्कृष्ट खेलाडीलाई यामाहाको पुरस्कार



काठमाडौं । महिला टी-२०आई त्रिकोणीय क्रिकेट शृंखलाका उत्कृष्ट नेपाली खेलाडीलाई यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले पुरस्कृत गरेको छ ।

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच नेपालमा आयोजित महिला टी-२०आई त्रिकोणीय क्रिकेट शृंखला २०२५ का अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको यामाहाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमएडब्ल्यू राइड्सकी मार्केटिङ प्रमुख सलिना शर्माले नेपाली क्रिकेट टोलीकी सदस्य पूजा महतोलाई शृंखलामा देखाएको प्रदर्शन, समर्पण र प्रतियोगितामा राखेको प्रभावको कदर गर्दै स्कुटरको साँचो हस्तान्तरण गरिन् ।

प्रकाशित मिति : माघ २७, २०८१ आईतबार  १ : ४४ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।