जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको आरोप लगाएका छन्।
जनकपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, “प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका छन्। हामीले धेरैपटक भनिसकेका छौं कि उहाँको चाहना संविधान र सबै परिवर्तनलाई खारेज गर्नु हो।”
उनले वर्तमान प्रधानमन्त्री ओलीको आलोचना गर्दै भने, “मैले मधेशी जनताको माग अनुसार दुईपटक संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गरेको थिएँ। तर, केपी ओली त्यस्ता नेता हुन् जसले त्यसलाई रोकिदिएका थिए।




















प्रतिक्रिया