Logo

अर्थ

आईएमईको स्टोरी एम्बेसडर बने साइग्रेस



काठमाडौं । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आईएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन् ।

विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभूतिलाई साइग्रेसले कथा मार्फत उनीहरूका घर आगन र परिवारसम्मै पुयाउन मद्दत गर्नेछन् ।

नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइने कम्पनीले जनाएको छ ।

कामको बाध्यता होइन कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साइग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाइ छ ।

साइग्रेसले आफ्नो आवाज दिएका आईएमईका सामग्रीलाई आईएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्राम लगायत सञ्जालहरुमा पोस्ट गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार  १० : २९ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।