Logo

प्रमुख समाचार

नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध, को–को भए निर्विरोध निर्वाचित?



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् ।

काठमाडौंको कमलादीमा नेसपा (नयाँ शक्ति)को महाधिवेशन जारी छ । अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन् ।

अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस्ता छन् निर्विरोध भएका पदाधिकारी र केन्द्रीय सदस्य;

उपाध्यक्ष (महिला) मानुषी यमि भट्टराई

उपाध्यक्ष (दलित) दुर्गा सोब

कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) मणि राई

कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) तारा बास्तोला दवाडी

मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) बिबि समिना खातुन

बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) बसुन्धरा साप्कोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मीप्रसाद भट्टराई

कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) मीराकुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ

आदिवासी जनजाती युवा महिला मन्जु माया तामाङ

मधेशी महिला अमृता कुमारी देवी

दलित केन्द्रीय सदस्य युवा हिक्मत विक

थारू महिला गीता थनेत

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार ११:१३   :  बजे

315
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।