Logo

अर्थ

विशाल बजार कम्पनीको लाभांश घोषणा



काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । वर्षौंपछि कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साथै कम्पनीले फागुन २८ गतेका लागि साधारणसभा बोलाएको छ । यो लाभांश प्रस्ताव साधारणसभामा लगिँदैछ ।

साधारणसभाले लाभांश पारित गर्नुका साथै सेयर पूँजी ४ अर्ब १ करोड अनुमोदन गर्नेछ । फागुन ९ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

फागुन ८ गतेसम्म सेयर होल्ड वा खरिद गरेकाले साधारणसभामा सहभागिता जनाउन र लाभांश पाउने छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार १२:००   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।