काठमाडौं । पोखरामा बेलुन विस्फोटपछि आगलागीमा परेर घाइते भएका उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेल र पोखरा मेयर धनराज आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर भेटेका छन् ।
पौडेल र आचार्यको बर्न अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनीहरूको अवस्था खतरामुक्त रहे पनि निगरानीमै उपचार गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिक्रिया