Logo

अर्थ

गैरसरकारी संस्थामा पारदर्शिता र सुशासनको आवश्यकता  : शेरबहादुर देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्थामा पारदर्शिता र सुशासनको महत्त्वपूर्ण आवश्यकता रहेको बताएका छन् । मंगलबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले संस्थाहरूमा आन्तरिक लोकतन्त्र र पारदर्शिता मजबुद बनाउनुपर्ने जोड दिएका छन्।

गैरसरकारी संस्थाले परियोजना छनोट गर्दा स्थानीयको चाहना र आवश्यकतालाई ख्याल गर्नुपर्ने उनले सुझाए । ‘हाम्रा हिमालहरू नांगिन थालेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि व्यक्तिगत पहल गर्न आवश्यक छ,’ सभापति देउवाले भने ।

एउटै कार्यक्रममा दोहोरो खर्च गर्ने प्रवृति पनि अन्त्य गर्न आवश्यक रहेको उनले सुझाए । जलवायु परिवर्तनले धेरै असर पारेकाले यसमा सबैको ध्यान पुग्नुपर्ने उनको आग्रह छ ।

पार्टीले वैदेशिक सहायतालाई स्थानीयको चाहना र आवश्यकता अनुसार परिचालन गर्नुपर्ने नीति लिँदै आएको र यसले नै निरन्तरता पाउने सभापति देउवाले बताए । आर्थिक समृद्धि र विकासमा योगदान पुर्‍याउने गरी वैदेशिक साहायता लिनुपर्ने र लिइने सभापति देउवाको प्रतिवद्धता छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार १३:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।