काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब सवा २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा राखिएको हो ।
यो सेयरमा इच्छुक जोकोही सर्वसाधारणले खरिद निवेदन दिन सक्नेछन् । यसअघि संस्थापक शेयरधनीका लागि सेयर बिक्री खुला गरिएका थियो । तर, संस्थापक शेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि निवेदन दिन सक्नेछन् । निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ ।




















प्रतिक्रिया