Logo

प्रमुख समाचार

पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताप्लेजुङको पाथीभरामा निर्माण भइरहेको केवलकार परियोजना तत्कालका लागि स्थगन गर्न सरकारसँग माग गरेको छ । आइतबार प्रतिनिधि सभाकाे आकस्मिक समयमा बोल्दै  रास्वपाकी सांसद तोसिमा कार्कीले उक्त माग राखेकी थिइन् ।

सांसद कार्कीले भनिन्, “सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु कि त्यहाँ भइरहेको केवलकार निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर, सबै सरोकारवाला पक्ष, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर यस विषयलाई समाधान गरियोस्।”

उनले बल प्रयोग नगरी सरकारले वार्ता मार्फत समाधान निकाल्नुपर्नेमा जोड दिइन्। कार्कीले अगाडि भनिन्, “जुन स्थानमा विकासका योजना लगिन्छ, त्यहाँका जनतासँग लाठी प्रहार गरेर, गोली चलाएर मारेर गरिने विकासलाई के विकास भनिन्छ कि विनाश?”

यसअघि पाथीभरामा स्थानीय जनताको साथमा गरिएको सहमति कार्यान्वयन नभएको र सहमति नपालिएको कारण सरकारले नागरिकको विश्वास गुमाएको उनले टिप्पणी गरिन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार १४:०१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।