Logo

धर्म / संस्कृति

केबलकार परियोजना एमालेकै हो, चन्द्र ढकाल बुख्याँचो मात्र हो : दुर्गा प्रसाईं



ताप्लेजुङ । व्यवसायी तथा राजनीतिक अभियन्ता दुर्गा प्रसाईले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन्। पाथीभरा मन्दिरमा दर्शनका क्रममा आयोजित एक कार्यक्रममा प्रसाईले निर्माणाधीन पाथीभरा केबलकारबारे खुलासा गरेका हुन्।

प्रसाईका अनुसार केबलकारको आधिकारिक स्वामित्व व्यवसायी चन्द्र ढकालको नाममा देखिए पनि वास्तविक मालिक केपी ओली नै हुन्। उनले ढकाललाई ओलीको ‘बुख्याचा’ (सिर्फ मुखका लागि राखिएको व्यक्तित्व) भन्दै आलोचना गरे।

“केपी ओली भ्रष्टचारी हुन्। यहाँ बन्ने केबलकार केपी ओलीकै हो, चन्द्र ढकालको त नाम मात्र हो,” प्रसाईले भने। उनले ओलीको नेतृत्वमा हुँदा धेरै विकास परियोजनाहरू निजी स्वार्थअनुसार चलाइएको आरोप लगाए।

प्रसाई पछिल्लो समय राजनीतिक रूपमा आक्रामक देखिएका छन्। उनले विभिन्न कार्यक्रममा सत्ता पक्ष र प्रमुख विपक्षी नेताहरूलाई निशाना बनाउँदै आएका छन्।

यस विषयमा केपी ओली वा चन्द्र ढकालको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ। पाथीभरा केबलकार परियोजनाका कारण ताप्लेजुङ क्षेत्र रणभूमिमा परिणत भएको छ । आन्दोलनले उग्ररूप लिएपछि प्रशासनले गोली चलाउने देखि लिएर निशेधाज्ञासम्म जारी गर्नु परेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १०:५४   :  बजे

339
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।