Logo

टिप्पणी

केबलकार विवादमा वरिष्ठ अधिवक्ता इङनामको प्रश्न – ‘यो सरकार व्यापारी चन्द्र ढकालको कि जनताको ?’



काठमाडाैं । नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष अधिवक्ता मोहन इङनामले ताप्लेजुङको पाथीभरा(मुकुम्लुङ) क्षेत्रमा निर्माणधीन केबुलकार विवादमा वर्तमान सरकार र यसको नीति र प्राथमिकताबारे गम्भीर प्रश्न उठाएका छन् ।

उनले सरकारले जनताको नभई व्यापारी वर्गको पक्षमा काम गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

इङनामले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्- ‘यदि यो सरकार व्यापारीको हो भने, सरकारका पदाधिकारीहरूले तिनीहरूको स्वार्थ पूर्ति गर्न राज्य शक्ति दुरुपयोग गरिरहेका छन्।’

उनले मन्त्री स्तरमा वार्ता गरेर केबुलकार निर्माण गर्ने वा नगर्ने निष्कर्षमा पुग्न आग्रह समेत गरे । यतिबेला व्यापारीहरूको व्यापार प्रबर्द्धनका लागि राज्य शक्तिको चरम दुरुपयोग भएकोले देशभरीका जनताले राज्य दमनको विरोध गरेका छन् ।

उनले सरकारलाई अपिल गर्दै भने, ‘जनताले विरोध गरे पनि तिमीले तानाशाही प्रवृत्ति देखाउँदै सरकार चलाउन खोजेका हौ।’ उनले सरकारको क्रियाकलापलाई जनविरोधी र व्यापारीका स्वार्थको पक्षमा रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले व्यापारको इशारामा जनताको अधिकार र जीवनको उल्लङ्घन गर्ने कदमहरू रोक्न अपिल गरेका छन् ।

उनले ले जनताको विरोध र धर्मावलम्बीहरूको असहमति झल्काउने घटनालाई सरकारको गलत र असंवैधानिक कार्यको रूपमा चित्रित गरेका छन् ।

एमाले नेतृत्वको सरकारलाई चेतावनी दिँदै उनले भनेका छन्, ‘तिमीले अझै पनि त्यसै गरिराख्यौ भने राजनीतिक खेलको क्रममा एक दिन कुर्सीबाट ओर्लिनु पर्ने छ।’

उनले केबुलकार विवादमा जनता र सुरक्षा बलको घाइतेहरूको उपचार र दमन रोक्नका लागि तत्काल सरकारले ठोस कदम चाल्नुपर्ने आवस्यकता भएको भन्दै तत्काल निर्माण कार्य रोकी समाधान खोज्नुपर्ने भएको बताएका छन् ।

छुटाउनु भयो कि ?

चन्द्र ढकाल ज्यू ‘रगत बगाएर, दाजुभाइ फुटाएर के-को विकास ? : कार्टुनिष्ट माड्साब

चन्द्र ढकाललाई मनोज गजुरेलको दनक : ‘केबलकार निर्माण पक्ष पछाडि हट, जनभावनाको कदर गर’

केबलकार परियोजना एमालेकै हो, चन्द्र ढकाल बुख्याँचो मात्र हो : दुर्गा प्रसाईं

पाथीभरा केबलकार निर्माणप्रति सांसद कार्कीको आक्रोश: ‘व्यापारी पोस्ने जनता लुट्ने’ प्रवृत्तिले जनविश्वास डग्मगायो’

केबलकार रोक्न कोशीका सांसदहरुको माग: निषेधाज्ञा र कर्फ्यू लगाएर गरेको दमन सैह्य नहुने जिकिर

पाथीभरामा गोली हान्न आदेश दिने सिडीओ शर्मालाई मन्त्रालय तानेर कारबाही गर्ने तयारी

पाथीभरामा केवलकार बनाउने ढकालको हुटहुटी कायमै: धर्ममा अनास्था, व्यापार किन धार्मिक क्षेत्रमै ?

चन्द्रागिरी केबलकार जग्गा प्रकरण : भ्रष्टाचारको अर्को डरलाग्दो अध्याय

ग्लोबल आइएमई बैंकका शाखा बन्द गर्न १९ संगठनको अल्टिमेटम, चन्द्र ढकाललाई चेतावनी

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १२:०९   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।