Logo

अर्थ

रिलायबल नेपाल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंस्थित होटल क्रिष्टल पशुपतिमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा आयोजित कार्यक्रममा एमडीआरटी २०२५ का लागि छनोट भएका ३६ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय स्तरको एमडीआरटी फोरमका लागि नेपालभरबाट छनोट भएका यी अभिकर्ताहरूले एमडीआरटी २०२५ को लागि तोकिएको बीमाशुल्क संकलन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अगाडि बढाउन अभिकर्ताहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै केही नयाँ अभ्यासहरू सञ्चालन गरिएको जानकारी दिए ।

साथै अभिकर्ता सञ्जालको व्यवसायिकरणलाई उच्च प्राथमिकता दिँदै मासिक तथा वार्षिक प्रोत्साहन योजना निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दिपेश बाबु तिवारी, म्यानेजमेन्ट टिमका कर्मचारी तथा अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार १३:५२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।