काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधनको कर्जामा कडाइ गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षामार्फत विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइनेमा ६० प्रतिशत मात्रै दिने व्यवस्था गरिएको हो ।
‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालू रेसियो)को सीमालाई ६० प्रतिशत कायम गरिनेछ’, मौद्रिक नीति समीक्षाको नीतिगत व्यवस्थामा उल्लेख छ ।
इन्धनबाट चल्ने व्यक्तिगत सवारीमा भने यस्तो सुविधा बढाइएको छ । यसअघि पेट्रोल तथा डिजेलबाट चल्ने व्यक्तिगत सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत पुर्याइएको छ ।




















प्रतिक्रिया