Logo

अर्थ

फोन लोन नतिरेपछि नबिल बैंकले सार्वजनिक गर्‍यो ७४ जनाको नाम



काठमाडौं । नबिल बैंकले फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले फोन लोन उपभोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।

बैंकबाट फोन कर्जा उपभोग गरिरहेका ऋणीहरूले पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी बैंकमा सम्पर्क समेत नगरेको हुँदा ३५ दिनभित्र ऋण चुक्ता गर्न बैंकले अनुरोध गरेको छ ।

यदि ३५ दिनभित्र कर्जा नतिरे ऋणीहरुको नाम कर्जा सुचना केन्द्रको कालो सुचीमा सुचिकृत गरिने बैंकले जनाएको छ । साथै, कर्जा असुलीसँग आवश्यक कानुनी कारवाही गरी बैंकको लेना बक्यौता कर्जा रकम असुल उपर गरिनेपनि बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार १५:१७   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।