काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह देखिएको छ । आज सेयर बजार नेप्से परिसूचक ४९.१५ अंकले बढेर २८१५ को विन्दुमा कायम भएको छ । आज १८६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीकाे घटेको छ ।
आज ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ९६ करोड ४७ लाख रुपैयाँको सेयर काराेबार भएको हो ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया