Logo

अर्थ

सिद्धार्थ बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग



काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।

बैंकले १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै फागुन ११ गते आवेदन दिएको हो ।

बैंकले ऋणपत्र निष्कासनका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार ०९:५७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।