Logo

प्रमुख समाचार

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा अपरान्ह ४ बजे सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा संघीयता कार्यान्वयनमा देखा परेका अफ्ट्यारा कसरी समाधान गर्ने, संसद्मा पेश भएका महत्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृसंस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशद दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाएको मुख्यसचिव पौडेलले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार ११:४४   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।