Logo

अर्थ

बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति



काठमाडाैं । बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा फागुन १६ गते निवेदन दिएको छ ।

कम्पनी हाल कायम चुक्ता पुँजी १:१ अनुपातमा सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रूपैयाँको दरले ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले अनुमति मागेको हो ।

यसको बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार १७:०९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।