काठमाडाैं । बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा फागुन १६ गते निवेदन दिएको छ ।
कम्पनी हाल कायम चुक्ता पुँजी १:१ अनुपातमा सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता १०० रूपैयाँको दरले ४० करोड रूपैयाँ बराबरको ४० लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले अनुमति मागेको हो ।
यसको बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।




















प्रतिक्रिया