काठमाडौं । आज सेयर बजारमा भारी अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९० को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको मूल्य घटेको छ ।
आज १४ अर्ब २५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ८५ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरी, गार्डियन माइक्रो लाइफ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया