काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष व्यापारी चन्द्र ढकालका छोरा निसान ढकालले नेपालका बैंकहरु डुब्छन् भन्ने संकेत गरेका छन् ।
केहि समयदेखि बैंकहरुको खराव कर्जा अत्याधिक रुपमा बढिरहेकाले यसलाई घटाउनु पर्ने ढकालले बताएका छन् । एक संचारमाध्यममा कुरा गर्दै उनले नेपालका बैंकहरु समस्यामा रहेको बताएका हुन् । ढकालले पछिल्लो समय बैंकहरुको एनपीएल बढेको भन्दै यसमा सरोकालवाला निकायको ध्यान जान जान जरुरी रहेको समेत बताए ।
तपाइको घरानाको पनि ग्लोबल आइएमई बैंक छ के बैंक डुब्न लागेको हो त भन्ने प्रश्नमा भनेका छन्, ‘सरले भनेको जस्तो बैंक त छ हाम्रो तर मैले डिरेक्टली हेर्ने गरेको त छैन । तर जहाँसम्म लाग्छ दुर्गा प्रसाईले भनेको कुरामा कहिँ न कहिँ सत्यता भने छ । बैंकहरुले आफ्नो एनपीएल घटाउन पर्ने हो जस्तो मलाई लाग्छ ।’
नेपालका बैंक पनि अन्य देशको बैंकहरु जस्तै डुब्न वा टाट पल्टिन लागेका हुन् त भन्ने आम चासो बनिरहेका बेला उनको यो अभिव्यक्तिले निक्षेपकर्तामा थप त्रास थपेको छ । केही समय अगाडि मात्रै नेपालमै कर्णाली बिकास बैंक डुबिसकेको छ भने अमेरिकाको १४औं ठूलो फस्र्ट रिपब्लिक बैंक डुबेको थियो ।
सन् १९८५ मा स्थापना भएको उक्त बैंक नियामक निकायले स्वामित्व नियन्त्रणमा लिएर जेपी मोर्गन चेजलाई बिक्री गरेको गरेको थियो । उक्त बैंकलाई अमेरिकाको नियामकीय निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले नियन्त्रणमा लिएको थियो ।
यो बैंकसँगै सोही समयमा अमेरिकामा अन्य दुई बैंक पनि डुबे । अमेरिका जस्तो ठूलो अर्थतन्त्र भएको देशको बैंक डुबेको भन्दै नेपालमा पनि बैंक डुब्न सक्ने भन्दै त्रास बढिरहेको बेला ग्लोबल आईएमई बैंकका अध्यक्षकै छोराले नेपालको बैंक डुब्छन् भन्ने आशयले दिएको अभिव्यक्तिले थप समस्या उत्पन्न भएको छ ।
उनले दैनिक दुईहजार युवा विदेशी रहेकाएकाले २००१ बाट सुरु भएको आईएमई ग्रुपले २० हजार जनालाई रोजगारी दिएको दावी गरेका छन् । ढकालले आईएमइ ग्रुपको ‘आईएमइ अटोमोबाइल्स’ को जिम्मेवारी सम्हालिरहेका छन् ।




















प्रतिक्रिया