काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो ।
नेप्से परिसुचक १३.६२ अंकले घटेर २८७६ को विन्दुमा कायम भएको छ । आज ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ ।
आज १४ अर्ब २८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इनस्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया