Logo

अर्थ

स्वरोजगार लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन, ९६ गुणा बढीकाे आवेदन



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । उक्त एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ ।

अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ । अंकित मूल्य १ सयका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख रुपैयाँ छ । २१ गतेसम्म कम्पनीको एफपीओमा आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार १०:१०   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।