Logo

अर्थ

११ बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिँदैछन्?



काठमाडौं । आर्थिक वर्ष २०८०।८१ का लागि हालसम्म ११ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये ५ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा कम्पनी छन्।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स

कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१।०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्नेछ भने ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यस कम्पनीले भने माघ १० गते बुक क्लोज गरिसकेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको छ।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी
कम्पनीले हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ दिने निर्णय गरेको हो। लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स

कम्पनीले हाल कायम चुक्तापुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ। कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुनेछ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

शिखर इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन्।

नेपाल इन्स्योरेन्स

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार १२:२०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।