काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचित भएका छन् ।
कम्पनीको २५औँ वार्षिक साधारणसभाको निर्णयानुसार स्थगित रहेको सर्वसाधारण शेयरधनीको सञ्चालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते वीरगन्जको होटल भिष्वामा भएको थियो । सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।
निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।
प्रतिक्रिया