Logo

अर्थ

क्रेष्ट माइक्रो लाइफको आईपीओ मंगलबार बाँडफाँड हुने



काठमाडाैं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार बाँडफाँड हुने भएको छ । आइपीओ चैत ५ गते कम्पनीकै कार्यालयमा बिहान ८ः३० मा बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएकाे छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा बढी आवेदन परेको छ । अन्तिम दिनसम्ममा कम्पनीको सेयरमा कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरका लागि आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ ।

कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रूपैयाँ बराबरको सेयर माग भएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीको आइपीओमा आवेदन दिएका आवेदकहरुमध्ये १८ लाख ६४ हजार भन्दा बढीको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १६:३१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।