Logo

अर्थ

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, १७ लाख बढी आवेदकको हात खाली



काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ ।

बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँड गरेको हो । सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ खुलेको थियो ।

बाँडफाँटका क्रममा कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन स्वीकृत भएको थियो । यसअनुसार १७ लाख ७१ हजार १८५ जना आवेदकको हात खाली भएको छ ।

आईपीओको नतिजा अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलवार १०:२९   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।