काठमाडौं । ताप्लेजुङको प्रसिद्द धार्मिक तिर्थस्थल पाथीभरामा केवलकार बन्छ या बन्दैन भन्ने अन्यौलता बढेपछि आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो सकृयता सिंहदरबारतर्फ बढाउन थालेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यापारी ढकाल यतिबेला आफ्ना नियमित काम समेत थाती राखेर हरेक दिन सरकारी निकायका अधिकारीहरूसँग भेटघाट गर्न सुरु गरेका छन् ।
पाथीभरा जसरी भएपछि केवलकार निर्माण गरेरै छाड्ने अडान लिएका व्यापारी ढकालले विभिन्न तहबाट लबिङ गर्न भन्दै सिंहदरबार धाउने गरेको प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ । तर, सिंहदरबार भित्रै पनि उच्च प्रशासनिक तहमा देखिएको अस्थिरताका कारण भने केबलकार परियोजना अन्योलमा पर्ने देखिएको छ ।
सत्तारुढ दल नेकपा एमालेका निकट रहेका उनलाई एमालेका केहि नेता तथा ताप्लेजुङकै एमाले सांसदको साथ छ । तर एमालेले भने देशव्यापी रुपमा आफ्ना कार्यक्रमहरुको तयारी गररहेकै कारण अहिले चन्द्र ढकालको निजी परियोजना ओझेलमा परेको छ । पाथिभराका स्थानीय ‘नो केबलकार’ समूहको चर्को विरोधका कारण पाथीभरा केवलकार निर्माणका कामहरु भने हाल ठप्प छन् ।
गृह सचिव र मुख्य सचिवसँग ढकालको भेट, नियोजित या संयोग
व्यापारी ढकालले गत सोमबार गृह सचिव गोकर्णमणि दुबाडीलाई भेटेको स्रोतले जनाएको छ । भेटघाटको उद्देश्य स्पष्ट नभए पनि सुरक्षा संयन्त्रलाई बलियो बनाइदिन आग्रह गरेको बुझिएको छ । सरकारका उच्च अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेका ढकालले उनीहरुको आवस्यकता पुरा गरेरै भएपनि पाथीभरामा केवलकार बनाएरै छ छाड्ने उनको उदेश्य रहेको बुझिएको छ ।
गृह सचिवसँगको भेटपछि ढकालले मुख्य सचिव एकनारायण अर्यालसँग पनि भेट गरेका छन् । अर्यालसँग ढकालको दोस्ती निकै पुरानो हो । जसका कारण पनि ढकाललाई विगतदेखि नै उनका सरकारी काम कामकारबाहीमा सहयोग गर्दै आएका थिए। यसअघि सचिव पदमा रहँदा समेत अर्यालले ढकालका व्यवसायिक गतिविधिहरूलाई सहज बनाउन भूमिका खेलेको खेल्दै आएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य सचिव अर्यालको सम्बन्धमा दरार आएको स्रोत बताउँछ। अर्यालसँग असन्तुष्ट रहेका प्रधानमन्त्री ओली नयाँ मुख्य सचिवको खोजिमा रहेकोले यसका लागि सम्भावित मुख्य सचिवमा कृष्णहरि पुष्करलाई अघि सार्ने बुझिएको छ ।
मुख्य सचिवमा अर्याल हटेर नयाँ मुख्य सचिव कृष्णहरि पुष्कर बने भने चन्द्र ढकालको केवलकार परियोजनामा सम्पन्न गर्न बाधा पुग्ने भएकाले ढकालले स्थानीय प्रतिनिधी सभा सांसदमार्फत् प्रधानमन्त्रीलाई समेत प्रभावमा पार्ने योजनामा रहेको स्रोतको भनाई छ ।
तसर्थ नयाँ आउने मुख्य सचिवले ढकालका माग र आवश्यकताहरूसँग कति लचिलो व्यवहार गर्छन् भन्ने कुराले परियोजनाको भविष्य निर्धारण गर्ने बुझिएको छ । अर्याल ढकाल अनुकूलका व्यक्ति भएका कारण जति सहज भएको छ पुष्कर वा अन्य जो कोहि आएपनि सम्बन्ध पुनः स्थापित गर्न ढकाललाई अप्ठ्यारो पर्ने भएकाले ढकाल अर्यालको पद जोगाउन समेत लबी गरिरहेको स्रोतले जनाएको छ । तर ढकालले भने यस बिषयलाई अस्वीकार गर्दै आएको छ। उक्त भेटलाई नियमित र सामन्य भएको उनको भनाई छ ।
पछिल्लो समय ढकालसरकारसँगको सम्बन्ध सुदृढ बनाउन लागिपरेका छन् । जसको एकमात्र उदेश्य भनेकै पाथीभराम निर्माण गर्न लागिएको केबलकार परियोजना हो । नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण हुने भन्दै होहल्ला गरीएको केबलकार परियोजना हाल सरकारी निकायहरूसँगको सहकार्यमै अघि बढ्ने क्रममा छ । सोहि अनुसार सरकारले नो केबलकार समूहलाई पटक-पटक वार्तामा आउन आह्वान समेत गरिरहेको छ ।
ढकाल यस परियोजनाका लागि आवश्यक कानुनी प्रक्रिया, सरकारी अनुमति र सम्भावित आर्थिक सहुलियतहरूका लागि हारगुहार गर्दै सिंहदरबारमा सक्रिय रुपले लबिङ गरिरहेका छन् । तर स्थानीय मुक्कुमलुङ बचाउ अभियान तथा नो केबलकार पक्षले भने नियमित रुपमा काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आईरहेको छ । पाथिभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजना पूर्ण रुपमा स्थगित हुनुपर्ने उनीहरुको अडान छ ।
स्थानीयहरुको इच्छा विपरीतको परियोजनामा सरकार किन गर्दैछ मतिहत्ते ?
पाथीभराका स्थानीयहरु केवलकार निर्माणको बिरोधमा छन् । पाथिभरामा केहि समयकै लागि भएपनि परियोजना स्थगित भएपछि उक्त क्षेत्र शान्त छ । तर स्थानीयहरुको इच्छा विपरीतको निजी परियोजनामा सरकार किन मतिहत्ते गर्दैछ भन्ने बिषयले चासो र संकाउपसंका उत्पन्न गरेको छ। सरकारले चुपचाप रहेका स्थानीयलाई पुन: वार्तामा बोलाएको छ । जबजब सरकारले नो केबलकार समूहलाई वार्ता गर्न आउनुस् भन्छ त्यसपछि स्थानीय आक्रोशित हुँदै आन्दोलन गर्न सुरु गर्छन् । स्थानीय असन्तुष्ट समूहलाई सरकारसँग समेत विश्वास नभएपछि उनीहरु कर्मचारीसँग गरिने वार्तामा नबस्ने घोषणा गरेका छन् ।
यस बिषयमा गृह मन्त्रालयका उप सचिव (सूचना अधिकारी) रविन्द्र आचार्यले शान्ति सुरक्षाको कारण पटक-पटक वार्तामा बोलाएको बताएका छन् । तर केवलकार निर्माणको बिरोध गरिरहेका नो केबलकार समूहलाई सरकारले बारम्बार बार्तामा बोलाएर जिस्क्याउने काम मात्र गरिरहेको स्थानीयहरुको गुनासो छ ।
छुटाउनु भयो कि ?
पाथीभरा केवलकारको कुन्ठा पोख्दै चन्द्र ढकालले भने – लगानी गरेर गल्ती गरेजस्तै भयो
चन्द्र ढकालको व्यापारिक साम्राज्य : अवैध हुण्डी कारोबार, अनियमितता र सत्तासँगको साँठगाँठ
पाथीभरा केबलकार निर्माणमा वातावरणीय नियमको उल्लंघन, चन्द्र ढकालको भूमिका शंकास्पद
पाथिभरा केबलकार : सार्वजनिक जग्गा हडप्ने चन्द्र ढकाल अभियानको निरन्तरता, सरकार आँफै बिचौलिया















प्रतिक्रिया