Logo

अनलाइनपाना खोज

पाथीभरा केवलकारको कुन्ठा पोख्दै चन्द्र ढकालले भने – `लगानी गरेर गल्ती गरेजस्तै भयो´



काठमाडौं । छोटो समयमा तिब्र गतिमा पैसा कमाएर व्यापारीक घराना बन्न पुगेका चन्द्र ढकालले पाथीभरा केवलकार संचालन गर्न नपाएको कुन्ठा व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघको अधिवेशनमा बोल्दै सार्वजनिक रुपमै उनले यस्तो कुन्ठा पोखे ।

“नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालले पाथीभरा केवलकार विरुद्धको आन्दोलनलाई लक्षित गर्दै नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने सोँच आउन थालेको बताए । उनले घुमाउरो शैलीमा नाम उल्लेख नगरी पाथीभरा केवल कारमा लगानी गरेर गल्ती गरेको बताए ।”

ढकालको लगानीमा देशका विभिन्न ठाउँमा केवलकारहरु बनिरहेका छन् । यसै सन्दर्भमा पाथीभरा मन्दीरलाई लक्षित गर्दै उनले पाथीभरा केवलकार संचालन गर्न मरिहत्ते गरेर लागिपरेका छन् । तर उनलाई त्यहाँका स्थानीयले केवलकार निर्माण विरुद्ध आन्दोलन गर्दै आएका छन् ।

उक्त आन्दोलनका कारण सो केवलकार बन्ने वा नबन्ने कुरामा अन्यौलता छाएको छ । केही समयअघि चन्द्रागिरी केवलकार संचालन गरेका उनले त्यहाँबाट राम्रो आम्दानी गर्न थालेपछि देशव्यापी रुपमा सरकारी जग्गा हडपेर कधमाधम केवलकार बनाउदै आएका छन् ।

उनलाई पाथीभरा केवलकार निर्माणमा सांसद योगेश भट्टराईले साथ दिएर नेतृत्व गरेका छन् भने स्थानीयहरु सो को विरुद्धमा छन् । त्यहाँ दर्शन गर्न जाने हजारौं भक्तजनहरु हुने हुँदा केवलकार संचालन गर्दा अत्याधिक पैसा कमाउन सकिने देखेपछि व्यापारी चन्द ढकालले एमाले सांसद योगेश भट्टराइलाई समेत शेयर दिनेगरी पाथीभरा केवलकारमा लगानी गरेका हुन् । तर सांसद भट्टराईले हात धाएरै लागेपछि केवलकार निर्माणमा स्थानीयहरुले साँसद भट्टराई विरुद्ध समेत आवाज उठाउन थालेका छन् ।

सोही लगानी जोगाउन र त्यहाँ केवलकार निर्माणको प्रकृया अघि बढाउन ढकाल केहीदिनदेखि सरकारी अधिकारीहरुसँगको भेटघाटमा लागिपरेका छन् ।

स्थानीय आन्दोलनले सो केवलकार निर्माण समस्यामा परेका ढकालले शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघको अधिवेशनमा प्रधानमन्त्रीसंग हार गुहार गर्दै लगानीको वातावरण बनाउन आग्रह गरे । उनले सो कार्यक्रममा नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने सोँच आउन थालेको बताए ।

छुटाउनु भयो कि ?

पाथीभरा केवलकारको कुन्ठा पोख्दै चन्द्र ढकालले भने – लगानी गरेर गल्ती गरेजस्तै भयो

सिंहदरबारमा चन्द्र ढकालको हारगुहार, पाथीभरा केवलकार संचालन गर्न कस्तो हर्कत गर्दैछन् उनी !

चन्द्र ढकालको व्यापारिक साम्राज्य : अवैध हुण्डी कारोबार, अनियमितता र सत्तासँगको साँठगाँठ

पाथीभरा केबलकार निर्माणमा वातावरणीय नियमको उल्लंघन, चन्द्र ढकालको भूमिका शंकास्पद

पाथिभरा केबलकार : सार्वजनिक जग्गा हडप्ने चन्द्र ढकाल अभियानको निरन्तरता, सरकार आँफै बिचौलिया

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार २१:१०   :  बजे

1.647k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।