Logo

खेलकुद

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार



काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१बाट सम्मान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साम्बाको पुरस्कार शुक्रबार प्रदान गरेका हुन् ।

हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा पुरस्कार लिन भने उपस्थित थिइनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको उक्त पुरस्कार लिन साम्बाका बुबा उपस्थित भएका थिए ।

साम्बालाई फुटबलमार्फत् देशलाई चिनाएको भन्दै पुरस्कार दिइएको हो ।

 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार १४:२०   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।